विराटनगर डेंगु संक्रमणबाट सुरक्षित, सधैं सावधानी अपनाउन भने आग्रह

<span class='c1'>विराटनगर डेंगु संक्रमणबाट सुरक्षित, सधैं</span> <span class='c2'>सावधानी अपनाउन भने आग्रह</span>

इन्दु साह
विराटनगर ।
कोशी प्रदेशका १४ वटै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । मोरङका पनि विभिन्न स्थानीय तहमा संक्रमण देखा परेपनि विराटनगर महानगरपालिकामा भने हालसम्म कसैमा पनि संक्रमण पुष्टि भएको छैन । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार साउन १५ गतेसम्मको तथ्यांकअनुसार विराटनगरमा डेंगु संक्रमितको संख्या शून्य रहेको छ । यसअघि भेटिएको एक जना संक्रमितको परीक्षण पछिल्लो पटक नेगेटिभ आएको जनाइएको छ ।

महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार हाल डेंगुको महामारी नभए पनि सतर्कता अत्यन्त आवश्यक रहेको छ । जोखिम नदेखिए पनि लामखुट्टेको टोकाइबाट बच्न र सम्भावित संक्रमण रोक्न जनस्तरबाट सावधानी अपनाउनु जरुरी छ उनले भने । उनले घरभित्र र वरपरको क्षेत्रमा हरेक सातामा सरसफाइ गर्न, पानी जम्न नदिने, खुल्ला भाँडाकुँडाहरू उल्ट्याएर राख्ने र लामखुट्टे लुक्ने स्थानहरू नष्ट गर्न सुझाव दिएका छन् । डेंगु एडिज एजिप्टाई जातको लामखुट्टेले टोकेर सर्ने संक्रमण हो, जसले प्राय दिउँसो टोकिने गर्दछ ।

प्रमुख लक्षणहरूमा उच्च ज्वरो, टाउको, आँखाको गेडी, मांसपेशी तथा जोर्नी दुख्ने, राता बिमिरा देखिनु, वाकवाकी लाग्नु, बान्ता हुनु र पखाला लाग्ने आदि पर्दछन् । महानगरमा रहेका कोशी अस्पताल, नोबेल, विराट नसिङ होम लगायतका अस्पतालहरूमा डेंगुको परीक्षण सेवा उपलब्ध छ । डेंगुका केसहरू पुष्टि भएमा ती अस्पतालहरूले नै नगरपालिकालाई प्रतिवेदन दिने गरेका छन्। जनस्वास्थ्य महाशाखाले लामखुट्टेको टोकाइबाट बच्न पूर्ण बाहुला भएका कपडा लगाउन, बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन र सामूहिक रूपमा सरसफाइ अभियानमा जुट्न सबैलाई आग्रह गरेको छ ।

कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय भन्दा धेरै व्यक्ति पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ । गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्