अनसनरत भट्टराई र सरकारबीच छलफल : अनसन स्थगित हुनसक्ने

<span class='c1'>अनसनरत भट्टराई र सरकारबीच छलफल</span> <span class='c2'>: अनसन स्थगित हुनसक्ने</span>

काठमाडौँं । संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् ।

शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ । वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले भट्टराईले उठाएका मुद्दाहरुका बारे छलफल गरेर सम्झौताको खाका तयार गरेपनि त्यसले अन्तिम रुप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए ।

संभवत शनिबार अपरान्ह वा आइतबारसम्ममा दुवै पक्षबीच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ । नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सातबुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए ।

साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिबार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्