संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु

<span class='c1'>संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण</span> <span class='c2'>अभियान आजदेखि सुरु</span>

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुने भएको छ । ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडांै कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताए ।

 

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गो समेत लगाइसकेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्