लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ : प्रधानमन्त्री

<span class='c1'>लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक</span> <span class='c2'>र सेवक मात्रै हुन्छ : प्रधानमन्त्री</span>

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत M नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार शासक नभइ, व्यवस्थापक र सेवक मात्रै हुने बताएका हुन् ।‘लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनुले आफ्नो बाटो लिनुुपर्ने हुन्छ ।’यसैगरी उनले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताए ।

प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए ।प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुुभवमा त्यस्तो नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्