सप्तकोशीमा पानीको बहाव उच्च

<span class='c1'>सप्तकोशीमा पानीको</span> <span class='c2'>बहाव उच्च</span>

इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ ।

 

पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।यसैबिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएको सकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

 

आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउने निर्णय समेत गरेको जनाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्