सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

<span class='c1'>सप्तरी घटना अपडेटः  निष्पक्ष</span> <span class='c2'>छानबिनको माग गर्दै प्रदर्शन</span>

रौतहट । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार मध्यराति तस्करी भइरहेको सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्