कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

<span class='c1'>कोशी प्रदेशमा डिजिटल</span> <span class='c2'>भुक्तानी प्रणाली सुरु</span>

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो । उनले भने, ‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी गर्ने कार्य सुरु गरेका छौं । चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरिनेछ ।’ उनका अनुसार यसले नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न मद्दत गर्नेछ भने सुशासन र पारदर्शिता कायम रहनेछ ।

 

स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्