चारवटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>चारवटा संसदीय समितिको</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार चारवटा समितिको बैठक बस्दैछ ।जसमा आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ का सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’मा  सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्