संयाेजककाे जन्मदिनमा स्वास्थ्य शिविर

<span class='c1'>संयाेजककाे जन्मदिनमा</span> <span class='c2'>स्वास्थ्य शिविर</span>

विराटनगर । जीवन विकास समुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका संयोजक तेजस्वी मण्डलको जन्मदिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेको छ । संयोजक मण्डलको जन्मदिन पारेर सोमबार विराटनगर महानगरपालिका– १३ मा रहेको पूर्वाञ्चल बाल आश्रममा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

आश्रममा रहेका ४७ जना बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच फिजिसियन डाक्टर राकेशकुमार मण्डल, बालरोग विशेषज्ञ डाक्टर सुमित घिमिरेले गरेका थिए । स्वास्थ्य शिविरमा अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलसहित चिकित्सकलगायत सहभागी थिए । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा रहेकाे जीवन विकास सामुदायिक अस्पतालले सुलभदरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्