सांसद अर्यालले क्रिकेटर राजवंशीको घर बनाइदिने

<span class='c1'>सांसद अर्यालले क्रिकेटर</span> <span class='c2'>राजवंशीको घर बनाइदिने</span>

मोरङ  । कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीको घर बनाइदिने प्रतिबद्धता जनाएका छन्।

मातृशोक रहेका राजवंशीलाई आज समवेदना दिन विराटनगर १४ स्थित घर पुगेका अर्यालले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने बताएका हुन््। प्रदेश सांसदहरुले पाउने जनता आवास कार्यक्रमअन्तर्गत राजवंशीलाई अर्यालले घर बनाइदिने भएका हुन्। अर्यालका अनुसार कोशी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदको सिफारिसमा पूर्वाधार विकास कार्यालयले ६ वटा अति विपन्न वर्गका जनताका लागि करिब ५ लाख रुपैया बराबरको घर निर्माण हुनेछ।

मोरङको क्षेत्र नम्बर ५ को क मा पर्ने राजवंशीको घर क्षेत्रबाट नै २०७९ सालको प्रदेश निर्वाचनमा अर्याल विजयी भएका हुन्। त्यसैगरि, आजै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीपनि राजवंशी परिवारलाई समवेदना दिन राजवंशीको घर पुगेका थिए। सो क्रममा मुख्यमन्त्री कार्कीले दुःख ब्यक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीले आज विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन्। राजवंशीको आमा शुभकुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्