आज दिनको १ बजे प्रतिनिधि सभाको बैठक बस्दैँ

<span class='c1'>आज दिनको १ बजे</span> <span class='c2'>प्रतिनिधि सभाको बैठक बस्दैँ</span>

काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मंगलबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

 

साथै, सभामुखले नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित, प्रजातन्त्र र लोकतन्त्र स्थापना एवम् संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल सार्कीको ७४ वर्षको उमेरमा मिति २०८२ साल साउन २३ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको आजको बैठकमा उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्