काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना ÷तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।उक्त विषयको छलफलको लागि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि आमन्त्रण गरिएको छ ।