बुल्गेरियाकी निकोलाएभा महिला भलिबल लिग खेल्न नेपाल आउने

<span class='c1'>बुल्गेरियाकी निकोलाएभा महिला भलिबल</span> <span class='c2'>लिग खेल्न नेपाल आउने</span>

एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ।काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो। २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन्।

उनीसँग बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ।महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ। अन्य दुई विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने काठमाडौंको भनाइ छ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। यस्तै मुख्य प्रशिक्षका लोकबहादुर बुढा छन् लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्