‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’

<span class='c1'>‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा</span> <span class='c2'>बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए ।

उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको छ । व्यवस्थापनको काम गरिरहेको छौं ।’त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए ।

मन्त्री लेखकले दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको र १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको पनि जानकारी दिए । ‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ । त्यसले समयको सदुपयोग हुन्छ । ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । विभागबाट ५४ वटा कारागार अनुगमनगरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ । दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ । ’

उनका अनुसार कैदी बन्दीहरुको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्