जीवन विकासका संस्थापक मण्डललाई ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार

<span class='c1'>जीवन विकासका संस्थापक मण्डललाई</span> <span class='c2'>‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार</span>

काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक योगेन्द्र मण्डललाई “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गरिएको छ । स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीकाे शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गरिएको हाे । याे पुरस्कार हरेक २ वर्षमा प्रदान गरिदै आएको छ । मण्डललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरे ।

 लघुवित्त क्षेत्रको विकास तथा सदस्यहरूको सामाजिक र आर्थिक रूपान्तरणमा उत्कृष्ट योगदान पुऱ्याए बापत आर्थिक वर्ष २०८०/८१ का लागि मण्डललाई यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको हो । मण्डलकाे अग्रसरतामा स्थापना भएको जीवन विकास लघुवित्तमार्फत् हजारौं विपन्न परिवारको आर्थिक तथा सामाजिक सशक्तीकरणमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले लघुवित्तले देशको ग्रामीण अर्थतन्त्र बलियो बनेको बताए ।

 

सोही कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरीलाई पनि “वातावरण मैत्री स्वावलम्बन गाउँ” को प्रवर्द्धन तथा विकासमा उल्लेखनीय योगदान पुर्याए बापत प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले ग्रहण गरे । उनलाई मन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरे । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र,दाङलाई थ्री जिराे गठन विस्तार र प्रवर्द्धन गरे बापत उत्कृष्ट सहयोगी संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक प्रकाश राजवंशीलाई थ्री जिराे क्लब गठनमा सहयोग गरे बापत प्रशंसापत्र प्रदान गरिएको थियो । साेही अवसरमा नवलपरासीकी विमला थारु, सलयानकी आशा बुढामगर,सर्लाहीकी जमुना घिमिरेलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरिएको थियाे । छिमेक लघुवित्त वित्तीय संस्थालाई संस्थागत उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्