मधेश प्रदेश सरकारद्वारा २०८१÷८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

<span class='c1'>मधेश प्रदेश सरकारद्वारा २०८१÷८२ मा</span> <span class='c2'>अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन</span>

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।

विगत वर्षहरूसँग तुलना गर्दा २०८१÷८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।

प्रदेश सरकारले आव ०७५÷७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६÷७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७÷७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो ।

यसैगरि आव ०७८÷०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९÷८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०÷८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।

मधेश प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन गर्ने दायरा बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्