खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

<span class='c1'>खेलाडीहरुका लागि उचित र</span> <span class='c2'>उपयुक्त वातावरण बनाउनुपर्ने</span>

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्ने भन्दै सरकारले यसतर्फ विशेष ध्यान जानुपर्ने बताए ।

 

उनले भने, ‘सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्छन् भन्ने कुरा स्पष्ट भएको छ । त्यसकारण नेपाल सरकारको यसतर्फ विशेष ध्यान जाओस भन्ने माग गर्न चहान्छु ।’यस्तै, उनले नेपाली महिला फुटबल टिम फिफाले सार्वजनिक गरेको नयाँ फिफा महिला बरियतामा सय स्थानबाट १३ स्थान माथि उक्लिदैँ ८७ औं स्थानमा पुगेको भन्दै यो नेपाली महिला फुटबल टोलीले हासिल गरेको हालसम्म कै उच्च बरियता भएको बताए ।

 

उनले भने, ‘नेपाली महिला फुटबल टिमले विश्वसामु नेपालको शान, गौरव बढाउनको लागि योगदान गरिरहनु भएको छ । केही दिन पहिला विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ फिफा महिला बरियतामा नेपाल सय स्थानबाट १३ स्थान माथि उक्लिदैँ ८७ औं स्थानमा पुगेको छ । जुन नेपाली महिला फुटबल टोलीले हासिल गरेको हालसम्म कै उच्च बरियता हो । पुरुष तर्फको बरियतामा १५० औं स्थानमा  रहेको छ ।’उनले यसको लागि ‘साम्बा’ सावित्रा भण्डारीलगायत सिंगो महिला फुटबल टिमलाई बधाई पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्