तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा

<span class='c1'>तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ,</span> <span class='c2'>चाँडै सुचारु होस् : माधव सापकोटा</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।

 

‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने, ‘यदि यसलाई तत्काल सुचारु गर्न सकिएन भने चाडपर्वको बेला बजारमा अत्यधिक महँगी हुनेछ र यसको सिधा असर नागरिकमा पर्नेछ ।’सांसद सापकोटाले सरकारले संसदले दिएका निर्देशनहरू पालना गर्नेतर्फ भन्दा पनि मिडिया र सामाजिक सञ्जालका लागि ‘कन्टेन्ट उत्पादन’ मा केन्द्रित भएको आरोप समेत लगाए ।

 

उनले भने ‘सरकार संसदको निर्देशन पालना गर्नेतर्फ भन्दा पनि मिथ्या कथाहरू सिर्जना गरेर मिडिया र सोसल मिडियाका लागि कन्टेन्ट बनाउनेतर्फ ध्यान दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्