किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

<span class='c1'>किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने</span> <span class='c2'>परम्परा गलत : सांसद खतिवडा</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’ त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे ।

 

उनले भने,‘जनता पीडित छन् । लम्पी स्किन रोगले त्यस्तै देशभरी सताएको छ । धेरै बस्तुहरु मरिराखेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भन्ने माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्