विराटनगर । अबको दुईदिन पछि अर्थात भदौ १ गते आईतबार विराटनगरमा निकालिने लागिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भव्य रुपमा भइरहेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले यसपटकको ५८ औँ रथयात्राको तयारीको लागि सम्पुर्ण रथयात्रा समारोह उपसमितिहरुसँगहरु छलफल तथा भेटघाटलाई निरन्तरता दिईरहेको छ । यसपटक १६ वटा उपसमिति रहेका छन् । जसका लागि झाँकी व्यावस्था उपमिति, स्वयम सेवक, प्राथमिक उपचार, प्रसाद व्यावस्थापन, पिउने पानी व्यास्थापन , फोहोर व्यावस्पन , अध्ययन तथा अनुसन्धान, सुपरिवेक्षण , रथमार्ग संकेत निर्देशन, प्राविधिक लगायतका उपसमितिहरुसँग दैनिक भेटघाट तथा छलफलका कामहरु भईरहेका छन् । यता रथको पनि रङरोगनका सम्पुर्ण कामहरु सम्पन्न भईसकेको छ भने अब लाईट, बत्ती र फुलहरु लगाएर सजाउने कामहरु पनि सुरु हुदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरमा विधिवत रुपमा रथलाई सिंगारेर अपाह्न्न ३ पछि तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । रथ यात्रामा नेपाल र भारतका करिब ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायत पूर्वका जिल्ला तथा भारतको बिहार र पश्चिम बंगालबाट रथको अवलोकन गर्न भक्तजनहरु आउने गरेका छन् । रथको डोरी छुँदा मोक्ष प्राप्त र मनोकामना पूरा हुने जनविश्वास छ ।
‘यसको धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव छ,’ रथयात्राका मुख्य सारथी (पण्डित ) भवानीशंकर निरौलाले रथकोबारेमा बर्णन गर्दै भने, रथयात्रा विराटनगरकै एउटा प्रमुख चाड भएको र यसमा लाखौं श्रद्धालुको चासो दिएर आउने गरेका छन् ।’ हरेक वर्ष रथलाई नयाँ ढंगले सिँगार्ने क्रममा यस वर्ष केही परिवर्तन गरिएको छ । १९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको यो धार्मिक महत्वको उत्सव २०२५ सालदेखि रथयात्रामा रुपान्तरण भएको थियो । त्यसबेला बनेको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर नयाँ रथ बनाइएको हो ।

रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट रहेको छ । रथयात्राका क्रममा विभिन्न झाँक्रीहरु प्रदर्शन गरिने छ । रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि मोरङ प्रशासनले सुरक्षा सयन्त्रलाई परिचालन गरिसकेको छ । नेपाल प्रहरीले सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग समन्वय गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको मोरङ प्रहरीले जनाएको छ ।