मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

<span class='c1'>मनोहराको सुकुम्बासी बस्तीमा</span> <span class='c2'>महानगरले चलायो डोजर</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो । बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए ।

काठमाडौं र  भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो । व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्