विराटनगरको रथयात्रामा १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिदै

<span class='c1'>विराटनगरको रथयात्रामा १ हजारभन्दा</span> <span class='c2'>बढी सुरक्षाकर्मी परिचालन गरिदै</span>

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आईतबारको दिन विराटनगरमा हुने विशाल रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सर्तकता अपनाउँदै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, शसस्त्र प्रहरी, जनपथ प्रहरी, अनुसन्धान र सादा पोशाकमा रहेका सुरक्षाकर्मी गरी १ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिनेछ । रथयात्राको दिन अत्याधिक भीडभाड हुने भएकाले यात्रामा सहभागी भक्तजनलाई अमूल्य गरगहना नलगाई आउन पनि उनले आग्रह गरेका छन् ।

 

यस वर्षको रथयात्रामा धार्मिक तथा सांस्कृतिक माहोलसँगै भीड व्यवस्थापनमा विशेष ध्यान दिइने मोरङ प्रहरीले जनाएको छ । रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित गरी केही व्यक्तिहरूले मोबाइल, सुन–चाँदीका गरगहना तथा अन्य अमूल््य सामान चोरी गर्ने, कानुन विपरीतका गतिविधि गर्ने घटनाहरू हरेक वर्ष देखिँदै आएकाले सुरक्षामा विशेष ध्यान दिने एसपी चिमरीयाले जानकारी दिए । कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई देखेमा तत्काल प्रहरीको हट लाईन नम्बर १०० मा जानकारी गराउन पनि मोरङ प्रहरीले आग्रह गरेको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट निस्कीने रथ एसियाको ठूलो जगन्नाथ पुरीको रथयात्रा पछिको दोस्रो ठूलो रथयात्रा मानिदै आएको छ । रथयात्रामा नेपाल तथा भारतबाट करिब पाँचलाख भक्तजन सहभागि हुने अपेक्षा गरिएको छ ।

 

रथयात्राले विराटनगर बजारको ४४ स्थानमा विश्राम गर्दै करिव ९ किलोमिटर दुरी पार गर्ने जनाइएको छ । १९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको यो धार्मिक महत्वको उत्सव २०२५ सालदेखि रथयात्रामा रुपान्तरण भएको थियो । त्यसबेला बनेको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर यसपटकदेखी भने नयाँ रथ बनाइएको छ । रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्