कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य’

<span class='c1'>कोशी प्रदेशका कानुनमन्त्री भन्छन :</span> <span class='c2'>‘युवाको सक्रियता नै प्रदेशको भविष्य’</span>

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री भण्डारीले युवाको सक्रिय सहभागिताले प्रदेशमै ठूलो सम्भावना रहेको स्पष्ट पारे ।उनले भने, ‘देशमा सम्भावना नदेखेर युवाहरू पलायन भइरहेका बेला कोशी प्रदेशमा देखिएको युवाको सक्रियताले यहाँ पनि ठूलो सम्भावना छ भन्ने प्रमाणित गरेको छ ।’उनीले उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रदेश सरकार सधैं सकारात्मक भएर सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले पछिल्लो वर्षमा नेपालको आर्थिक वृद्धिदर वृद्धि भएको, जीडीपी थपिएको र बैंकमा तरलताको अभाव नभएको जानकारी दिए ।

‘एकल अंकको ब्याजदर कायम भएकाले लगानी गर्न इच्छुक व्यक्तिहरू उत्साहित भएका छन् । उद्योग विभागमा हुने अनावश्यक झन्झट हटाइएको छ ।’ मन्त्री भण्डारीले स्पष्ट पारे ।

 

संस्थाको अधिवेशनले सुशान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिमा रजत साहेवाला, केशव राठी, कुनाल साह, सुसान्त न्यौपाने, टुसर टोडी, शरद जोशी, अश्वीनी गोल्छा र आयुष भगत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्