कोशीका मुख्यमन्त्री कार्कीबाट श्रीकृष्ण जन्माष्टमीको शुभकामना

<span class='c1'>कोशीका मुख्यमन्त्री कार्कीबाट</span> <span class='c2'>श्रीकृष्ण जन्माष्टमीको शुभकामना</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्  ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सान्दर्भिक रहेको उल्लेख गरेका छन् । उनका अनुसार धर्म, सत्य र कर्तव्य पालनका लागि श्रीकृष्णले दिएको सन्देशले समाजलाई सत्मार्गतर्फ डो¥याउने मात्र नभई समुन्नत र सुसंस्कारयुक्त बनाउन अभिप्रेरित गर्ने आधार बनेको छ ।

उनले कोशी प्रदेशलाई बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधताले समृद्ध प्रदेशका रूपमा वर्णन गर्दै यस पर्वले हातेमालो, सहकार्य र सहअस्तित्वको भावना प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।‘सदियौंदेखि हाम्रो संस्कार, परम्परा, धर्म, संस्कृति र चाडपर्वले हामीलाई समृद्ध बनाएका छन्। यही सांस्कृतिक जगमा उभिएर हामीले देशलाई पनि समृद्ध बनाउन सक्छौं ।’ मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन् ।

 

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, सहिष्णुता र संस्कृतिको संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गर्दै उनले राष्ट्रको विकास र समृद्धिका लागि एकताबद्ध भई अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्