भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

<span class='c1'>भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति</span> <span class='c2'>एमाले नेता बस्नेतको आपत्ति</span>

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।

नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’उनले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने उल्लेख गरेका छन् । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउने बताएका छन् ।

‘व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ। कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्