कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

<span class='c1'>कालीगण्डकीबाट बेपत्ता आमा</span> <span class='c2'>छोराको शव फेला</span>

रौतहट । स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो ।

गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए । उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो ।नारायणी नदी किनारमा महिला र करीब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको उनले जानकारी दिए ।शव गलेको अवस्थामा भेटिएको उनको भनाइ छ ।

यद्यपि भेटिएको शव पाण्डे आमा छोराको भए/नभएको प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन् ।शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिडेको छ ।
दुवै शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्