राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

<span class='c1'>राजनीतिक दल खोल्ने</span> <span class='c2'>दुर्गा प्रसाईंको घोषणा</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए । उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे । अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईन् । १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ ।’

त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मुलुकको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सक्दिन् । शातसँग अनुभूत गर्न सकिन । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै थिएन । राजनीतिले बिगारेको समाजलाई सुधार गर्नका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं । म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने ।

अभियान मात्र चलाउँदा कोठामा ताला लगाउने भएकाले संविधान अनुसार आइज पार्टी खोल भन्नेहरु धेरै भएको भन्दै अब केही समयमा नै दलको नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्