६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो :  मन्त्री अधिकारी

<span class='c1'>६–७ हजार बचतकर्ताको बचत भुक्तानी</span> <span class='c2'>भइसक्यो :  मन्त्री अधिकारी</span>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए ।

 

मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए ।‘अहिलेसम्म ६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ ।  नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्