पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक: देउवा

<span class='c1'>पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने</span> <span class='c2'>अतिरञ्जित भाष्य चिर्न आवश्यक: देउवा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माणगरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै यस्ता भाष्य चिर्न आवश्यक रहेको बताए ।

उनले भने,‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन् । तर हामीले यस्ता भाष्य र चुनौतीहरु चिर्दै हामी अझ शशक्ति र क्रियाशील हुन आवश्यक छ । कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको सरकार स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’ त्यस्तै उनले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताए । परम्पराले हाम्रो समुदायमा एक साझा फूलबारीको रुपमा प्रतिनिधित्व गर्दै आएको.बताउँदै पर्वहरु देशको गर्व र पहिचान भएको बताए ।सभापति देउवाले तीज पर्वले महिलाहरुको आपसी सद्भाव,समानता र महिला सहभागितामा टेवा पुग्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्