माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

<span class='c1'>माओवादी केन्द्रको पदाधिकारी</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएको हुन् ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा  छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

 

उनले भने, ‘आजको बैठकमा राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने तय भएको छ ।’यस्तै, उनले बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी बारे र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकता बारे पनि सामान्य रुपमा छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्