उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन् ःकांग्रेस

<span class='c1'>उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका</span> <span class='c2'>कुराहरुमा सत्यता छैन् ःकांग्रेस</span>

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् ।

मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए । उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौ । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौ । कुनै छलफल पनि भएको छैन् । यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होईन् । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुदैँन् ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन् थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए ।
उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन् थाहा छैन् त्यही पनि सबै जना सँग छलफल भयो भने सम्भावना नभएको होईन । छलफल पनि भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्