आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

<span class='c1'>आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा</span> <span class='c2'>प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने</span>

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका  प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ ।

 

यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्