सुनसरीको झुम्का कारागारका १ कैदीको उपचारको क्रममा मृत्यु

<span class='c1'>सुनसरीको झुम्का कारागारका १</span> <span class='c2'>कैदीको उपचारको क्रममा मृत्यु</span>

सुनसरी । सुनसरीको झुम्का कारागारका १ कैदीको मृत्यु भएको छ । २८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए ।

 

लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए । भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका १२ मा बस्दै आएका राई बुधबार विहान करिव ५ः१५ बजे अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो ।

उपचारको क्रममा विहान करिब ५ः४५ बजे उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्