सांसद सिंहको प्रश्न ः ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?’

<span class='c1'>सांसद सिंहको प्रश्न ः ‘सरकारकै संरक्षणमा</span> <span class='c2'>अपराध बढेको हो कि ?’</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हालको सरकारमाथि अपराध नियन्त्रण गर्न नसकेको मात्रै होइन, संरक्षण गर्ने आशंका समेत उठाएका छन् । ‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ । अराजकता बढिरहेको छ । हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु बढिरहेका छन्,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो । तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’

 

सांसद सिंहले अहिले सर्वसाधारण त्रासमा रहेको बताए । उनले दुई ठूला दलले दलगत प्रतिनिधिको नाममा साना पक्षलाई तर्साउने, दवाब दिने र निषेध गर्ने काम गरिरहेको आरोप लगाए । ‘कसैलाई कुर्सीबाट हटाउने, कसैलाई अदालतमा पेश गरेर थुनामा राख्ने प्रयास भइरहेको छ,’ सिंहले भने, ‘यो स्थिति लोकतान्त्रिक मुल्य र मान्यताविपरीत छ । सामान्य नागरिकमा निराशा र असुरक्षा बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्