कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ : जनताले भोट हाल्छन् त के गर्ने मैले ?

<span class='c1'>कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ : जनताले</span> <span class='c2'>भोट हाल्छन् त के गर्ने मैले ?</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने ? भनेर गरिएको प्रश्नमाथि आलोचना गरेका छन् ।बुधबार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको भन्दै प्रश्न गर्ने गरेको बताउँदै जनताले भोट हाल्छन् त के गर्ने मैले ? भन्दै प्रतिप्रश्न गरे ।उनले भने, ‘यहाँ धेरै साथीहरूले कुरा उठाएका छन् अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो म । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिल्यै पनि  । सौभाग्यले कहिले पनि हारेको छैन ।’त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हटाउन पार्टीका नेताहरु आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए । जनता भन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवागरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए ।

 

‘धेरै पार्टीका नेता साथीहरु मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेल्धुराबाट हार्छ भनेका थिएँ, तै पनि जितेछु । त्यसैले जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न जनता भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । त्यसैले सबै साथीहरुले जनताको सेवा गरौं जनताको मन जित्ने काम गरौं ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्