विराटनगर । विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।
विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको थियो ।
तिव्रगतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक पुष्पकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बुढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ ।