महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

<span class='c1'>महामारीमा संयमित भइ सेवा प्रवाह</span> <span class='c2'>गर्न वीरगंज महानगर प्रमुखको निर्देशन</span>

वीरगंज । हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रमुख सिंहले हालको अवस्थालाई आत्तिनुपर्ने नभई संयम र धैर्यताका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरे । उनले भने, ‘अहिलेसम्म डाई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन । महानगर हैजा नियन्त्रण उन्मुखमै छ र आवश्यक सबै उपायहरू अपनाइरहेका छौं ।’उनले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंजका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिए ।

यसै क्रममा महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरेको छ । टोलीहरूले प्रभावित वडामा घरघर पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, संभावित संक्रमितको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइसम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएका छन् ।महानगर प्रमुखले कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी मात्र पिउन आग्रह गर्न, तरकारी तथा खाद्यपदार्थ राम्रोसँग धोएर पकाउन सुझाव दिन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गरे ।

त्यस्तै, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिए । उनले सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्