जनकपुरधाममा ई–रिक्सा लाइसेन्स सम्बन्धी सरोकारवाला छलफल सम्पन्न

<span class='c1'>जनकपुरधाममा ई–रिक्सा लाइसेन्स सम्बन्धी</span> <span class='c2'>सरोकारवाला छलफल सम्पन्न</span>

जनकपुरधाम । कायापलट र विकल्प एन अल्टर्नेटिभको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा ‘ई–रिक्सा लाइसेन्स सम्बन्धी सरोकारवाला छलफल कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरुले ई–रिक्सा चालकले बिना लाइसेन्स सवारी सञ्चालन गर्दा हुने दुर्घटना तथा त्यसबाट उत्पन्न हुने विपत्तिका कारण श्रमजीवी चालकलाई थप आर्थिक बोझ परिरहेको भन्दै यस सम्बन्धी कानूनी प्रक्रिया छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयका उप–सचिव होम प्रसाद घिमिरेले प्रदेशमा बढ्दो ई–रिक्साको संख्या, यससँगै देखिएका चुनौती र समाधानका सम्भावनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। सो अवसरमा वन तथा वातावरण मन्त्री संजय कुमार यादव र श्रम तथा यातायात मन्त्री कौशल किसोर रायको विशेष उपस्थित रहेको थियो ।

साथै, ई–रिक्सा एसोसिएशनका पदाधिकारी, अभियन्ता, युवा अधिकारकर्मी तथा पत्रकारहरुको समेत सक्रिय उपस्थिति थियो। मन्त्रिद्वय यादव र रायले ई–रिक्सा सम्बन्धी समस्यालाई छिटो भन्दा छिटो समाधान गर्दै चालकहरुलाई व्यवहारिक परीक्षामार्फत लाइसेन्स प्रणालीमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले ई–रिक्सा सञ्चालनलाई सुरक्षित, व्यवस्थित र कानूनी प्रक्रियाभित्र ल्याउन सरकार, सरोकारवाला संस्था र चालकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्