थुनामुक्तको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

<span class='c1'>थुनामुक्तको माग गर्दै रविले</span> <span class='c2'>दिए उच्च अदालतमा निवेदन</span>

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बिगो बमोजिमको धरोटी राखेर थुनामुक्त हुने माग राखेर उच्च अदालतमा निवेदन दिएका छन् ।

सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गरेका रवि उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशमा पुर्पक्षका लागि थुनामा छन् । सर्वोच्च अदालतबाट जेठ ९ मा उच्च अदालतको आदेश सदर भएपछि उनी थुनामै रहेका हुन् । सर्वोच्चले आदेश गरिसकेको विषयमा उनले जिल्ला अदालत रुपन्देहीमा बिगो बमोजिम धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिएका थिए । अदालतले उनको भागको बिगो कायम नै नगरेको अवस्थामा रविले आफैँ दुई करोड ७४ लाख ८४ हजारको बिगो धरौटी राख्ने भन्दै बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए ।

जिल्ला अदालतले सर्वोच्चबाट आदेश भइसकेको विषयमा जिल्लाले उक्त आदेश उल्टाउन नसक्ने, प्रतिवादीको बिगो छुट्टयाइएको अवस्था नरहेकाले यति नै भनेर कायम हुन नसक्ने, कानुनअनुसार अभियोग नै खण्डित हुनेगरी नयाँ तथ्यप्रमाण पेश पनि नभएको अवस्था भन्दै निवेदक माग बमोजिम आदेश जारी हुन नसक्ने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध पनि लामिछानेले पुनः उच्च अदालतमा निवेदन दिएका हुन् । आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन् ।

रुपन्देही जिल्ला अदालतले उनको निवेदनमा आगामी बुधबारको पेसी तोकेको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्