तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा

<span class='c1'>तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई</span> <span class='c2'>अझ प्रगाढ बनाउँछ : सभापति देउवा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

 

उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो । तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ त्यस्तै ,यस पर्वले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको उनको भनाई छ ।  यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्