सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना

<span class='c1'>सुटकेस शव : पक्राउ</span> <span class='c2'>परेका पासवान अस्पताल भर्ना</span>

रौतहट । रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी  साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले  लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए । उनका अनुसार  आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ ।

 

यसअघि प्रहरीले रुबीको शवलाई ई–रिक्सामा राखी उक्त सडक खण्डसम्म पु¥याएको आरोपमा रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ । गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा पासवानको नै मुख्य संलग्नताको प्रहरी अनुसन्धानमा खुलेको थियो । पक्राउ परेका पासवानले आफ्ना हातमा ःथ ज्भबचत च्गदष् प्गmबचष् लेखी टैटू बनाएको र छातीमा समेत रुबिको फोटो सहितको टैटू बनाएको पाइएको छ।  यस विषयमा थप अनुसन्धान भैइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्