भदौ १८ गतेदेखि अनिश्चत कालका लागि निजी विद्यालय बन्द गर्ने घोषणा (विज्ञप्ती सहित )

<span class='c1'>भदौ १८ गतेदेखि अनिश्चत कालका लागि निजी</span> <span class='c2'>विद्यालय बन्द गर्ने घोषणा (विज्ञप्ती सहित )</span>

विराटनगर । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भनेर सरकारलाई चेतावनी दिएका हुन् ।


निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबार सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भदौ १८ गते सम्म सरकारले आफ्ना मागहरु सुनवाई गरेन भने अनिश्चतकालको लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण बिहीबारबाट सकिएको छ । यस्तै भदौ १३ गतेदेखी १८ गते सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेका छन् । निजी विद्यालयले क्रमस् गैरनाफामूलक र पूर्ण छात्रवृत्तिविधेयकबाट हटाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्