लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

<span class='c1'>लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन</span> <span class='c2'>प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् ।

 

उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’उनले ओलीलाई अल द बेस्टको साथै यसबारे कुरा उठाउने पूर्ण विश्वास रहेको पनि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्