खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

<span class='c1'>खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई</span> <span class='c2'>धम्की दिने युवती पक्राउ</span>

वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको विषयमा सोधपुछका लागि किरणलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

 

उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।वीरगन्जमा फैलिएको हैजाको संक्रमणका कारण युवतीका पिता सहित परिवारका अन्य सदस्यहरू गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा भर्ना भएको विषयलाई लिएर मन्त्री यादव र मेयर सिंहलाई फोन गरेको र कुराकानीको क्रममा ज्यान मार्ने धम्की दिएको गुनासो आएपछि आवश्यक अनुसन्धानका लागि किरणलाई नियन्त्रणमा लिइएको प्रवक्ता लम्सालले जानकारी दिए ।खानेपानी मन्त्रीलाई फोनगरी किरणले अभद्र रूपमा कुराकानी गरेको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि नै भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्