इन्द्र जात्राः यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

<span class='c1'>इन्द्र जात्राः यसिंलाई आज नगर</span> <span class='c2'>प्रवेश गराई कालभैरव अगाडि राखिदै</span>

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ ।

हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ ।यस वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ । बिहिबार (भाद्र १९ गते) विशेष साइतमा यसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिन्छ ।

इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ । नेवार समुदायको प्रमुख पर्वमा मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ऐतिहासिक नेवार बस्तीहरूमा आआफ्नै शैलीमा मनाइने गरिन्छ ।

यस पर्वमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी विभिन्न देवदेवीको नाच, भैलः आजु (हाथु द्यः) पूजा र जीवित देवदेवीको रथयात्राजस्ता क्रियाकलाप गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्