विराटनगरमा ‘पिच फेस्ट’ को अडिसन

<span class='c1'>विराटनगरमा ‘पिच फेस्ट’</span> <span class='c2'>को अडिसन</span>

विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च कोशी च्याप्टरले आयोजना गरेको ‘पिच फेस्ट’ को अडिसन विराटनगरमा सम्पन्न भएको छ ।

उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विराटनगर, धरान, इटहरी, बिर्तामोड, इलाम र उर्लाबारीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट उल्लेखनीय संख्यामा युवा उद्यमीहरूको सहभागिता रहेको उद्यमी मञ्चले जनाएको छ ।सहभागीहरूले प्रविधि कम्पनी, आयुर्वेदिक उत्पादन, ई–कमर्स, फिनटेक, वेस्ट म्यानेजमेन्ट लगायतका क्षेत्रमा नवप्रवर्तनशील व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए । पिचमा प्रस्तुत आइडियाहरूले व्यवसायिक सम्भाव्यता, सामाजिक प्रभाव र नविनताको झल्को दिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा निर्णायकको भूमिकामा आयुष भगत, बिनिलराज अधिकारी, साकेत राठी र सन्नी अग्रवाल रहेका थिए । उनीहरूले व्यवसायिक मोडेल, प्रस्तुतिकरण कौशल र बजार प्रभावका आधारमा सहभागीहरूको मूल्यांकन गरेका थिए ।कोशीका अनुसार अडिसन चरणबाट छानिएका उत्कृष्ट पिच अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन् । अन्तिम चरणमा विजेतालाई पुरस्कारसँगै सम्भावित लगानीको अवसर प्रदान गरिनेछ ।

आयोजकले पिच फेस्ट १.० लाई कोशी प्रदेशका युवा उद्यमशीलताका लागि साझा प्लेटफर्मका रूपमा सफलतापूर्वक प्रस्तुत गर्न पाएको भन्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्