एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

<span class='c1'>एभरेस्ट महिला भलिबल लिग खेल्न</span> <span class='c2'>नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा</span>

काठमाडौं । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् ।

दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् । लिगमा प्रतिस्पर्धा गर्नका लागि कर्णाली यशभिसले उनलाई अनुबन्ध गरेको हो । आगामी लिगलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन विदेशी खेलाडीको उपस्थितिलाई महत्वपूर्ण मानिएको छ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धाका लागि कर्णाली यशभिसले विदेशी खेलाडि सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरिसकेको छ ।

पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडीहरू अनुबन्ध गरेको हो।यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिग काठमाडौंमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्