नवनियुक्त ३२ औँ आईजीपी खापुङलाई दज्र्यानी चिन्ह प्रदान

<span class='c1'>नवनियुक्त ३२ औँ आईजीपी</span> <span class='c2'>खापुङलाई दज्र्यानी चिन्ह प्रदान</span>

विराटनगर । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज विहान आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भएका छन् । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन्। । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । कार्यक्रममा खापुङले व्यवसायिक मूल्याङ्कन गर्दै आईजीपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै इमान्दारिताका साथ कर्तव्य पालना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्