जीएसआई सहमतिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद राणा

<span class='c1'>जीएसआई सहमतिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी</span> <span class='c2'>गराउनुपर्छ : सांसद राणा</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टिकरण दिन माग दिन गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीले चीन भ्रमणमा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको छ भन्ने कुरा आयो । असल नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपालमा आउने दिनमा घातक हुनेछ ।

यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट गर्नुपर्छ ।’त्यस्तै उनले प्याबसनले उठाएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्