इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

<span class='c1'>इम्बोस्ड नम्बर प्लेट जडान नगरे</span> <span class='c2'>तत्काल जरिवाना र कारवाही नगरिने</span>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्ला भएकाले नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको छ । तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिएको छ ।’

यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् । साथै, उनले प्रदेश कार्यालयबाट जडानमा सहजताको लागि उक्त कार्यालयमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको एवम सेवाग्राही तथा सवारी धनीहरुको सहजताको लागि आवश्यकता अनुसार थप प्रबन्ध समेत गर्दै लागिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्